घुस खाने डीएसपीलाई अर्को लफडा, मुद्दा अदालत पुग्यो

काठमाडौं । एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

श्यामकुमार राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिन भन्दै व्यवसायीसँग जिन्सी घुस मागेका थिए । 

तर, पछि टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ  गरेको थियो । 

अनुसन्धानका क्रममा उनले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो १ लाख ४०  हजार  कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित  मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?