काठमाडौं । कराँते खेलाडी पर्शुराम बाँस्तोला १९ औँ वार्षिक सातो कपमा सहभागी हुन क्यानाडा प्रस्थान गरेका छन् ।
३५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यस्तै प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् । बरुवाल नोभेम्बर ११ तारिखमै क्यानाडा पुगिसकेको पर्शुरामले जनाएका छन् ।
बरुवाल मकाउबाट क्यानाडा गएका हुन् ।
पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बिदाई गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया