कमल खत्रीले ल्याए नयाँ गीत ‘नजिक नजिक’ (भिडियो)

काठमाडौं ।  गायक कमल खत्रीले ‘नजिक नजिक’ बोलको गीत सार्वजनिक गरेका छन् । डान्सिङ शैलीको गीतमा भाइव एण्ड वेभ टिमका सदस्यले डान्स गरेका छन् ।

गीतमा कमल खत्रीको स्वर छ भने निमा रायाको शब्द तथा संगीत रहेको छ । यस्तै गीतलाई ब्रिजेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा राहुल शाह, एलिशा राई, एलिशा पोखरेल लगायतले अभिनय गरेका छन् भने भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् । यस्तै भिडियोको निर्देशन, कोरियोग्राफी र कन्सेप्ट राहुल शाहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?