अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कतारद्वारा स्विट्जरल्याण्ड स्तब्ध

एजेन्सी । स्विट्जरल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एशियाली राष्ट्र कतार विजयी भएको छ । 

बुधवार राती भएको मैत्रीपूर्ण खेलमा कतारले स्विट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको कतारका लागि खेलको ८६ औँ मिनेटमा अक्रम अफिफले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित समयसम्म स्विट्जरल्याण्डले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेलमा हार बेहोरेको हो । 

 फिफा विश्व वरियताको ९६ औँ स्थानमा रहेको कतारले आठौँ स्थानमा रहेको स्विट्जरल्याण्डलाई पहिलो पटक पराजित गरेको हो । सन् २०२२ मा फिफा विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले पछिल्लो समयमा ठूला राष्ट्रहरुसँग मैत्रीपूर्ण खेल खेल्दै आइरहेको छ । 

यहि सोमवार अब कतारले अर्को मैत्रीपूर्ण खेलमा आइसल्यान्डको सामना गर्दैछ। कतारले जनवरी २०१९ मा हुने एशियन कपमा प्रतिस्पर्धा गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?