एजेन्सी । भारतका एथ्लेटिक्स खेलाडी पालेन्दर चौधरीले आत्महत्या गरेका छन् ।
१८ वर्षीय पालेन्दरले जवाहरलाल नेहरु स्टेडियममा झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार पालेन्दर र उनको घर परिवारसँगको झगडाका कारण आत्महत्या गरिएको जनाएको छ ।
उनको शव स्टेडियमको एथलेटिक्स एकेडेमीको होस्टलको कोठामा रहेको पंखामा भुण्डिएको अवस्थामा भेटिएको थियो । भारतीय खेल प्राधिकरणका सचिव स्वर्णसिंह छाबडाले नेतृत्व गरेको छानबिन समितिले एक हप्ताभित्र घटनाबारे प्रतिवेदन पेश गर्ने जानकारी दिए ।
सन् २०१६ देखि पालेन्दर जवाहरलाल नेहरु स्टेडियमको होस्टलमा बस्दै आएका थिए । उनी १ सय र २ सय मिटर दौडको ट्रेनिङमा रहेका थिए । उनले सन् २०१७ मा बैंककमा सम्पन्न भएको एशियाली युवा च्याम्पियनसिपको रिले दौडमा स्वर्ण पदक जितेका थिए ।
साथै गत जुलाईमा भएको विश्व युवा च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया