नेपालीभाषी भुटानीको व्यथा बाबु बोगटीको गीतमा (भिडियो)

काठमाडौं । राजनैतिक अस्थिरताका कारण नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई अंगाली भुटानमा जन्मेर पनि नेपाल लगायत विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेका भुटानी समाजको पीडालाई शब्दमा उन्दै गायक बाबु बोगटीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

बोगटीले उक्त गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा बोगटीकै शब्द, संगीत र स्वर रहेको छ । यस्तै गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

युट्युबमा गीतको लिरिकल भिडियोलाई सार्वजनिक गरिएको हो । गायक बोगटीले बाल्यकालदेखि भुटानी समुदायसँग नजिक भएको र विद्यालयमा पनि भुटानी शिक्षकले पढाउँदा भुटानी शरणार्थीलाई नजिकबाट बुझ्ने अवसर पाएको बताए ।

सार्वजनिक गीतमा भुटानी पुर्खाको निशानीलाई कहिल्यै नभुल्ने भावना समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?