बाँदर जिस्काउनु हुन्छ? ख्याल गर्नुस्, ज्यान जाने रोग लाग्न सक्छ

काठमाडौं । हिन्दू दर्शनले बाँदरलाई हनुमानको प्रतीक मान्छ ।

कहिलेकाहीँ तिनै बाँदरको आक्रमणमा परी मानिसको ज्यानसमेत जाने गरेको छ । काठमाडौंको पशुपतिनाथ क्षेत्र, स्वयम्भु मन्दिर क्षेत्र र अन्य क्षेत्रमा बाक्लो सङ्ख्यामा बाँदरलाई देख्न सकिन्छ।

उक्त क्षेत्रमा घुम्न जाने आन्तरिक र बाह्य पयर्टकले ती बाँदरलाई सामान्य रुपमा लिने गर्छन् । तर, बाँदरको टोकाइबाट दीर्घकालीन रोगसमेत लाग्न सक्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धाताका अनुसार बाँदरको टोकाइबाट स्वस्थ मानिसमा ‘हर्पेस’ नामक भाइरस सर्ने गर्दछ । ‘हर्पेस’ बी भाइरस मानव शरीरमा स-यो भने झण्डै ७० प्रतिशत व्यक्तिको ज्यान जान सक्छ भने बाँकी ३० प्रतिशत मानिस जीवनभरी नै शारीरिक अशक्त बन्न सक्छन् । 

पशुपति क्षेत्र र स्वयम्भुनाथ मन्दिर परिसर घुम्ने आउने बाह्य तथा आन्तरिक पर्यटकहरु पनि बेला-बेलामा बाँदरको आक्रमणमा पर्ने गरेको सुनिन्छन् । अझ बाँदरलाई गाउँघरतिर कतिपयले त घरपालुवा जनावरका रुपमा पाल्ने समेत गरेको पाइन्छ ।

पशुपति क्षेत्रमा भने प्रायः खानेकुरा बोकेर हिँडेको बेलामा मानिसलाई बाँदरले आक्रमण गर्ने गरेका छन् ।

सन् २००६ मा विश्वप्रसिद्ध विज्ञान जर्नलमा प्रकाशित लेखले नेपालका बाँदरबाट सर्न सक्ने केही भाइरसहरुका बारेमा उल्लेख गरेको थियो । विशेष गरेर बाँदरको टोकाइबाट हेर्पेस सिमियन भाइरस ४० र सिमियन फोमी नामक भाइरस मानिसलाई सर्ने गर्दछ ।

वैज्ञानिकहरुका अनुसार यी भाइरसहरु केही रेट्रोभाइरस समूह अन्तर्गत पर्ने र केही क्यान्सर रोग लाग्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको विभिन्न अनुसन्धानहरुले प्रमाणित गरिसकेको छ । सिमियन ‘इमुनोदिफीसिन्नसी’ भाइरस पनि देखा परेको प्रमाणित गरिसकेको छ ।

खासगरी एशियन बाँदरमा एड्स (सिमियन एडस) समेत भएकोदेखिए पनि नेपालमा यस्ता बाँदरहरु फेला नपरेको बताइएको छ । बाँदरमा सिमियन इमुनोदिफीसिन्नसी भाइरस पनि देखा परेको छ । मानवमा हाल देखिने एचआइभी भाइरस यही सिमियन इमुनोदिफीसिन्नसी भाइरसको परिष्कृत रुप भएको बताइन्छ ।

आग्रामा बाँदरले लियो शिशुको ज्यान

आजै (बुधवार) छिमेकी मुलुक भारतको आग्रा शहरमा बाँदरको टोकाइबाट एक नवजात शिशुको मृत्यु भएको खबर सार्वजनिक भएपछि बाँदरबाट बच्नुपर्ने सबाल नेपालमा पनि उठ्न थालेको छ ।

घरमा आमाले स्तनपान गराइराखेका बेला एक्कासी बाँदरको समूहलेआक्रमण गरी टोक्दा १२ दिनको नवजात शिशुको मृत्यु भएको हो । विश्वको सात आश्चर्यको सूचीमा परेको ताज महलको सिटीले आग्रा शहर परिचित छ ।

बाँदरको टोकाइबाट घाइते भएका शिशुको आग्राको एक स्थानीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

‘हामी बस्ने एरियामा धेरै संख्यामा बाँदरहरु छन्, यहाँ हामी डराइ-डराइ बस्न बाध्य छौँ, बाँदरलाई नियन्त्रण गर्नका लागि हामीले धेरैपटक प्रशासन विभागलाई जानकारी गराइसकेका छौँ, तर उनीहरुले हाम्रो कुरा खासै ध्यान नदिँदा आज यस्तो भयानक घटना घट्न गयो ।’ घटनाको जानकारी दिँदै नवजात शिशुका काका धिरेन्द्र कुमारले भारतीय मिडियालाई बताए ।

शिशुकी हजुरआमाले भनिन्, ‘मैले मेरो सानो नाती गुमाएकी छु, केही समयअघि मात्र ती बाँदरलेमेरो नातीलाई आक्रमण गर्दै गम्भीर घाइते बनाएका थिए, लगत्तै मैले मेरो काखमा राखेँ, अस्पताल पनि लग्यौँ ।’

भारतको आग्रामा बाँदरको टोकाइबाट मृत्यु भएको यो पहिलो घटना हो । एक भारतीय प्रहरी अधिकारीले बच्चाको मृत्यु दुखद भएको बताउँदै भने, ‘बाँदरले बच्चाको टाउको टोकेको मात्र थियो, तर ती वरपरका मानिसहरुको जमातले बाँदरलाई धपाउन ढुङ्गा र लठ्ठी प्रहार गर्दा बच्चालाई पनि लागेको थियो, जसकारण बच्चाको ज्यान गएको हो ।’

पहाडी क्षेत्रमा पर्ने आग्रा शहरमा घटेको यो पहिलो घटना हो । 

दुई महिनाअघि मात्रै आग्रामा जनावरको आक्रमणले केही बालबालिका घाइते भएका थिए । गत मे महिनामा ताज महल घुम्न आएका दुई जना पर्यटकलाई पनि बाँदरले आक्रमण गरेको थियो ।

बाँदरबाट विभिन्न डरलाग्दा रोगसमेत लाग्नसक्ने भएकाले नेपालमा यस्ता घटना घट्न नदिन आफैले ख्याल गर्नुपर्ने धारणा अगाडि सारिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?