‘जात्रै जात्रा’ नबन्दै नाफामा?

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को टिजर रिलिज भएसँगै यसको अस्ट्रेलियाको राइटस् विक्री भएको छ । निर्माण टिमको दावीअनुसार चलचित्र पूर्ण नहुँदै अस्ट्रेलिया राइटस् ३५ लाखमा सम्झौता गरिएको हो । हो र होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले फिल्मको टिजर उत्साहजनक भएको बताउँदै ‘जात्रै जात्रा’ टिमसँग सम्झौता गरेका हुन् ।

यसअघिको फिल्म ‘जात्रा’ ले पनि दर्शकको मन जितेको थियो । उक्त फिल्मका तीन पात्र यसमा पनि रिपिट भएका छन् । धेरैले विपिन कार्कीको भूमिकालाई निकै रुचाएका थिए । ‘जात्रै जात्रा’ लाई पनि सोही फिल्मको सिक्वेल हो । डार्क कमेडी विधाको यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले अन्य देशमा पनि फिल्मको राइटस् सम्झौता भइरहेको जानकारी दिए । निर्देशक भट्टराई टिजरबाट सकारात्मक प्रतिक्रिया पाएर मख्ख छन् ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा बस्नेत, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहने यो फिल्म यसै वर्ष फागुन १७ मा रिलिज हुँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?