काठमाडौं । नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेले फेरी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न पाउने भएका छन् । सन् २०१९ को विश्वकै चर्चित र महँगो फ्रेन्चाइन क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका हुन् ।
उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो ।
आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ । त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन् ।
सन् २०१९को आईपीएलमा सुरक्षित भएको जानकारी सन्दीपलाई बिहीवार बिहानै गराएको थियो । तर, उनलाई दिल्लीले सुरक्षित गरेको मूल्य भने सार्वजनिक गरेका छैन ।
सन्दीपका व्यवस्थापक रमण सिवाकोटीका अनुसार सन्दीप आईपीएलको लगातार दुई सिजन खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन् । उनलाई गत सिजन दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो ।
सन् २०१९ को विश्वकै चर्चित र महँगो फ्रेन्चाइन क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नको लागि दिल्लीले सन्दीपसँगै नयाँ सिजनका लागि श्रेयस ऐयर, पृथ्वी शाह, ऋषभ पन्त, मन्जोत कार्ला, कोलिन मुनो, क्रिस मोरिस, जयन्त यादव, राहुल तेवाटिया, हर्सल पटेल, अमित मि श्रा, काजिसो रबाडा, टे«न्ट बोल्ट र अभेश खानलाई पनि सुरक्षित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया