अमेरिकाविरुद्ध रोनीको बिदाई खेलमा इंग्ल्याण्ड विजयी

एजेन्सी । अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

बिहीवार राति भएको खेलमा इंग्ल्याण्डले अमेरिकालाई ३-० गोल अन्तरले हराएको हो । सर्वाधिक गोलकर्ता वायन रोनीको बिदाईका लागि खेलिएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले अमेरिकामाथि सहज जीत निकालेको हो । 

खेलको २५ औँ लिनगार्डले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । लिनगार्डले गोल गरेको २ मिनेटपनि बित्न नपाउँदै इंग्ल्याण्डका लागि एलेक्सन्डर अर्नोल्डले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए ।

एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म २-० गोलले अगाडि रहेको इंग्ल्याण्डका लागि खेलको ७७ औँ मिनेटमा विल्सनले गोल गरे । निर्धारित समयसम्म अमेरिकाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । 

रोनी खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनलाई खेलको ५८ औँ मिनेटमा जेसे लिङ्गार्डको स्थानमा मैदान प्रवेश गरेका थिए । सन् २०१६ मा भएको विश्वकप छनोट अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलपछि रोनी राष्ट्रिय टिमबाट बाहिर रहेका थिए ।

त्यस्तै सन् २०१७ को मार्च पछि राष्ट्रिय टिममा नपरेपछि उनले अगस्टमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । 

म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्व खेलाडी ३३फर्वाड रोनी अहिले अमेरिकाको डिसी युनाइटेडमा आवद्ध छन् ।

रोनीले राष्ट्रिय टिमबाट ११९ क्याप खेल्दै ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा इजरायलले ग्वाटेमालालई ७-० गोल अन्तरले पराजित गरेको छ । यता इरानले ट्रिनीडाड एण्ड टोबागोलाई १-० गोल अन्तरले हरायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?