सुरज थापाले ल्याए नयाँ गीत ‘हे बरै’ (भिडियो)

काठमाडौँं । पहिलो सिरिजको नेपाल आइडलमा सहभागी भएर चर्चामा आएका गायक सुरज थापाले नयाँ गीत बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् ।

‘हे बरै आएन परदेशी’ बोलको गीतमा परदेशीको पीडालाई समेटिएको छ । गीतमा विदेशमा गएर खाडीको जेलमा फस्नुपरेको कथा समेटिएको छ ।

यस्तै गीतमा सुरज थापाकै स्वर, शब्द र संगीत रहेको छ भने धर्म गन्धर्वको सारङ्गी र किसन श्रेष्ठको गीत संयोजन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?