सपना चौधरीको नाच हेर्न पुगेकालाई प्रहरीले गर्यो लाठीचार्ज, किचिएर युवकले ज्यान गुमाए

मुम्बई । भारत, पटनाको बगुसराय जिल्लामा सपना चौधरीको डान्स हेर्न जुटेको भीडमा प्रहरीले लाठीचार्ज गरेको छ । उक्त लाठीचार्जपछि भागदौड मच्चिँदा एक युवकको भीडमा किचिएर मृत्यु भएको छ । उक्त कार्यक्रममा कैयन् व्यक्ति घाइते भएका छन् ।

जिल्लाको बछवाडा थाना क्षेत्रको भरौल गाउँमा सपना चौधरीको कार्यक्रम चलिरहेको थियो । उक्त कार्यक्रम छठ महापर्वको अवसरमा आयोजना भएको थियो । यस दौरान उपस्थित दर्शकले उधुम मच्चाउन खोजे । तोडफोड गर्न खोजे । त्यसलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज ग–यो ।

उक्त कार्यक्रममा लगातार नभाग्नका लागि माइकिङ गरिएको थियो । तर नटेरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । सपना चौधरीको कार्यक्रम यहाँ दुई दिनसम्म चल्ने भनिएको छ । सपना चौधरी भारतीय डान्सर हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?