सफ्ट टेनिस टोली कोरिया प्रस्थान

काठमाडौं । तेश्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ ।

नोभेम्बर १८ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष तथा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष खेलाडीमा युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, वृजेश पाण्डे, शुभम् खनाल र योगेशकुमार भण्डारी रहेका छन् । महिलामा श्रेया राई, भावना पनेरु, अभिलाषा लामिछाने र आभना कार्की छन् ।

अफिसियलमा नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मुकेश श्रीवास्तव र अरुणप्रकाश सिंह तथा प्रशिक्षकमा अभिषेक कार्की र राजकुमार थापा छन् ।

अन्तर्राष्ट्रिय रेफ्री विकाससिंह ठकुरी तथा राष्ट्रिय रेफ्री सन्तोष कर्माचार्य पनि टोलीसंगै कोरिया गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?