हेमराजले बनाउने फिल्ममा प्रदीप र साम्राज्ञी फाइनल !

काठमाडौं । लामो समयको प्रतीक्षापछि दर्शकले अहिलेका चर्चित अभिनेता प्रदीप खड्का र चर्चामा रहेको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई एकसाथ पर्दामा देख्न पाउने भएका छन् । समाचार स्रोतका अनुसार हेमराज बिसीले निर्माण गर्ने नयाँ सिनेमामा प्रदीप र साम्राज्ञीको जोडीलाई देख्न पाइने भएको छ ।

केही निर्माताले साम्राज्ञी र प्रदीपको जोडीलाई एकसाथ फिल्ममा खेलाउन चाहेपनि पूरा हुन सकेको थिएन । यतिबेला प्रदीप खड्का चलचित्र ‘लभ स्टेसन’ को शूटिङमा जसिता गुरुङसँग रोमान्स गर्दैछन् ।

नयाँ सिनेमाका लागि प्रदीप र हेमराज बिसीबीच केही दिनअघि नै सम्झौता भएपनि साम्राज्ञीसँग भने अनौपचारिक छलफल चलिरहेको थियो । स्रोतका अनुसार आज (शुक्रवार) साँझ साम्राज्ञीसँग पनि लिखित सम्झौता भएको हो । फिल्मको छायांकन भने अर्को वर्षको बैशाखबाट हुने भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?