खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशन दिएकाे दाबी

वासिङ्टन- अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् ।

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहो¥याउँदै आएको छ ।
अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पु¥याएको थियो ।
खशोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआईएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ । खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुनुहुन्छ । आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ ।
यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्जीसँग सम्पर्कमा नरहेको भनी पछिल्लो ट्वीटर सन्देश जारी गर्नुभएको छ । ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रिय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले गत हप्ता खसोग्गीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ । उक्त प्रकरणपछि अमेरिकी सांसदहरूले साउदी अरबलाई वासिङ्टनले बेच्दै आएको हतियारमा कटौति गर्न सुझाब दिएका छन् । उनीहरूले साउदी अरबलाई दोषी ठहर गर्दै उ विरुद्ध अहिलेकोभन्दा कडा उपाय अबलम्बन गर्न सुझाब दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?