यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज अार्इतबार लागि १ अमेरिकी डलरको खरिददर ११४ रूपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रूपैयाँ ३८ पैसा तोकेको छ ।

युरो १ को खरिददर १३० रूपैयाँ २ पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४७ रूपैयाँ र बिक्रीदर १४७ रूपैयाँ ७७ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ २५ पैसा र बिक्रीदर ८३ रूपैयाँ ६९ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १८ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६ रूपैयाँ ६० पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६८ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ २५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४१ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ३८ पैसा र बिक्रीदर २७ रूपैयाँ ५२ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ १४ पैसा र बिक्रीदर १० रूपैयाँ १९ पैसा, कुवेती दिनार १ को खरिददर ३७७ रूपैयाँ १३ पैसा तथा बिक्रीदर ३७९ रूपैयाँ १० पैसा र बहरार्इन दिनार १ को खरिददर ३०४ रूपैयाँ ४६ पैसा तथा बिक्रीदर ३०६ रूपैयाँ ५ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?