‘युइएफए’ नेशन्स लिग : पोर्चुगल सेमिफाइनलमा प्रवेश, अल्बानियामाथि स्कट्ल्याण्डको सहज जीत

एजेन्सी । पोर्चुगल जारी ‘युइएफए’ नेशन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिवार राति भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगलले इटालीलाई गोल रहित बराबरीमा रोकेको हो । बराबरी गरेपनि पोर्चुगल समूहको शिर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको पोर्चुगलले इटालीलाई दवाव दिएपनि गोल गर्न भने सकेन ।

निर्धारित समयसम्म दुवै टिमले कुनै गोल गर्न नसकेपछि समान १-१ अंक बाडेका थिए । अब पोर्चुगलले अन्तिम समूहको अन्तिम खेलमा पोल्याण्डको सामना गर्नेछ । पोर्चुगलले ७ अंक बनाएको छ भने इटालीको ५ अंक छ । 

त्यस्तै शनिवार राति नै भएको समूह ‘आई’मा को खेलमा स्कटल्याण्डले अल्बानियालाई ४-० गोल अन्तरले पराजित ग-यो । स्कटल्याण्डको जीतमा खेलको १४ औँ मिनेटमा रायन फ्रासेरले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

२१ औँ मिनेटको खेल चलिरहँदा अल्बानियाका मेर्गिम माभराज रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा सिमित अल्बानियालाई दवाव दिदै खेल खेलेको स्कट्ल्याण्डका स्टेफेन फ्लेटचरले गोल गरे ।

उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे । दोस्रो हाफको ५५ औँ र ७६ औँ मिनेटमा जेम्स फोर्रेस्टले दुई गोल गरेपछि अल्बानिया स्तब्ध बनेको थियो ।

फ्रासेर र फोर्रेस्टले स्कटल्याण्डका लागि गरेको यो पहिलो गोल हो । जीतपछि ६ अंक बनाएको स्कट्ल्याण्ड समूहको दोस्रो स्थानमा छ भने इजरायल समान अंकका साथ पहिलो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?