प्रथम त्रैमासमा बाणिज्य बैंकको खुद नाफा ८३.८८% ले बृद्धि

काठमाडौं : २७ वटा बाणिज्य बैंकहरूले अचालु अार्थिक बर्षको पहिलो त्रैमास (साउनदेखि असोज) भित्र खुद नाफा ४३.८८% ले बृद्धि गरेका छन् । गत अार्थिक बर्षको सोही अवधिको तुलनामा बैंकहरूले यो नाफा बढाएका हुन् । 

बाणिज्य बैंक समूहले यो अविधमा खुद नाफाका साथै खुद ब्याज अाम्दानी र जगेडा कोषमा पनि सुधार गरेका छन् । यो अवधिमा यी बैंकहरूले १४ अर्ब २८ करोड २८ लाख ३९ हजार रूपैयाँ नाफा गरेको देखिएको छ । गत अार्थिक बर्षको पहिलो तीन महिनामा यी बैंकहरूले ९ अर्ब ९२ करोड ६७ लाख ५५ हजार रूपैयाँ मात्र खुद नाफा गरेका थिए । 

पूँजी बृद्धिपछि बैंकहरूको लगानी समेत बृद्धि भएको र खुद ब्याज अाम्दानी बढेको हो । खुद ब्याज अाम्दानीमात्रै ५३.९६% ले बढेको छ । सबैभन्दा धेरै खुद नाफा नेपाल र्इन्भेष्टमेन्ट बैंकले कमाएको छ । यो बैंकले अार्थिक बर्षको पहिलो ३ महिनामा १ अर्ब ५ करोड ४६ लाख ७० हजार खुद नाफा कमाएको हो ।

बैंकहरूले खुद ब्याज अाम्दानी मात्रै २९ अर्ब ७६ लाख ५४ हजार रूपैयाँ गरेका छन् । एनअार्इसी एसिया बैंकले सबैभन्दा धेरै १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रूपैयाँ खुद ब्याज अाम्दानी गरेको देखिएको छ । 

यो अवधिमा जगेडा कोष ५४.८८% ले बृद्धि भएको छ । २७ वटा बैंकहरूले कूल १ खर्ब ६९ अर्ब ९८ करोड १५ लाख ३२ हजार रूपैयाँ रकम जगेडा कोषमा राखेका छन् । नेपाल बैंकले सबैभन्दा धेरै १९ अर्ब ६० करोड ६० लाख ५८ हजार रूपैयाँ जगेडा कोषमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?