नेशन्स लिग फुटबलमा सर्विया र स्विडेन विजयी

एजेन्सी । जारी ‘युइएफए’ नेशन्स लिग फुटबल अन्तर्गत सर्विया विजयी भएको छ । 

शनिवार राति सम्पन्न भएको समूह ‘एल’को खेलमा सर्वियाले मोन्टेनेग्रोलाई २-१ गोल अन्तरले पराजित ग-यो । खेलको ३० औँ मिनेटमा सर्वियाका लागि एडिम जाजिकले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३२ औँ मिनेटमा अलेक्जन्द्रर मिट्रोभिकले गोल गरे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले आगडि रहेको सर्वियाले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । दोस्रो हाफमा सुधारिएको खेल खेलेको मोन्टेनेग्रोका लागि ७० औँ मिनेटमा स्टेफान मुगोसाले एक मात्र सान्त्वाना गोल फर्काए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म मोन्टेनेग्रोले गोल फर्काउने प्रयास सर्वियाका डिफेन्डरले विफल पारिदिए । जितपछि सर्वियाले ११ अंकका साथ शिर्ष स्थानमा छ । ९ अंक बनाएको रोमानिया दोस्रो तथा ७ अंक बनाएको मोन्टेनेग्रो तेस्रो स्थानमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा स्विडेनले टर्किमाथि १-० गोलको जित दर्ता गराएको छ । 

स्विडेनका लागि खेलको ७१ औँ मिनेटमा आन्द्रेस ग्रान्कभिस्टले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । यता रोमानियाले लिथ्युनियालाई ३-० गोल अन्तरले हरायो । कोसाभाले माल्टालाई ५-० गोलले तथा अजरबैजानले फारो आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?