गणपति मार्इक्रोफार्इनान्सको अार्इपीअो प्रस्ताव साधारणसभाबाट पारित

काठमाडौं : तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको गणपति मार्इक्रोफार्इनान्सले ३ लाख कित्ता साधारण शेयर (आर्इपीओ) जारी गर्न राखेको प्रस्ताव साधारणसभाले पारित गरेको छ । आर्इपीओ निष्काशनको प्रस्तावसहित कात्तिक ३० गते यो लघुवित्तको बार्षिक साधारणसभा बसेको थियो । 

अब यो मार्इक्रोफार्इनान्सले प्रतिकित्ता १ सय रूपैयाँ दरको ३ लाख कित्ता आर्इपीओ निष्काशनको प्रकृया शुरू गर्नेछ । साथै जारी तथा चुक्ता पुँजी वृद्धि र उपयुक्त संस्था भेटेमा मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउने निर्णय समेत साधारणसभाले गरेको छ ।

मर्ज तथा एक्विजिसनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोही आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा समेत साधारण सभाबाट यो लघुवित्तले अनुमति लिएको छ ।

२०७३ मंसिर २४ गतेदेखि वित्तीय कारोबार थालेको यो लघुवित्तले १३ वटा जिल्लामा २२ वटा शाखा कार्यालय खोलिसकेको छ । हाल ११ हजार ४०२ घरपरिवारमा वित्तीय सेवा पु-यार्इरहेको यो लघुवित्तले अहिलेसम्म ६३ करोड ५ लाख २२ हजार रूपैयाँ लघुवित्त कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?