जोकोभिच ‘एटीपी’ फाइनल्स टेनिसको फाइनलमा प्रवेश

एजेन्सी । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच जारी ‘एटीपी’ फाइनल्स टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

शनिवार राति भएको पुरुष एकलतर्फको सेमिफाइनल खेलमा शिर्ष वरियताका जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई २-० को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेका हुन् ।

उनले एण्डरसनलाई खेलको पहिलो सेट ६-२ र अन्तिम सेटमा पनि ६-२ ले पाखा लगाए । १४ औँ पटकका ग्राण्डस्लाम विजेता जोकोभिचले जारी प्रतियोगितामा उत्कृष्ट खेल्दै आएका थिए ।

गत जुलाइमा सम्पन्न भएको विम्वल्डन टेनिसको फाइनलमा पनि उनले यहि नतिजा निकालेका थिए । जोकोभिच जारी सिजन अन्तर्गत फाइनलमा पुगेको यो सातौं प्रतियोगिता हो । 

जीतपछि उनले भने, ‘मलाई लाग्छ मैले यो हप्तामा खेलेको सबैभन्दा राम्रो खेल यो नै थियो, मैले उनले हराउन १ घण्टा १६ मिनेट कोर्टमा बिताए, तर मैले उनलाई उत्कृष्ट खेल्नु त छदैछ, सहजै पाखा लगाउन पनि सफल भए’

अब उपाधिका लागि जोकोभिचले जर्मनीका अलेक्जन्द्रर जाभरेभको सामना गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?