सस्तो ब्याजदरमा ऋण खोज्दै हुनुहुन्छ ? यी बैंकले दिन सक्छन्

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो त्रैमासमा कायम गरेको अाधार ब्याजदर अनुसार विभिन्न ६ बटा बाणिज्य बैंकले ऋणीलार्इ सस्तो ब्याजदरमा कर्जा दिन सक्ने देखिएको छ । 

सबैभन्दा कम अर्थात ७.५२% अाधार ब्याजदर कायम गरेको नेपाल बैंक लिमिटेडका साथै नबिल, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, इन्भेष्टमेन्ट र हिमालयन बैंकले अन्य बैंकको तुलनामा कम ब्याजदरमा ऋण दिन सक्छन् । 

कर्जाको अाधार ब्याजदर (बेस रेट) र कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) कम भएका बेला बैंकले सस्तो ब्याजदरमा ऋण दिने गर्छन् । यसहिसाबले ८.०६% बेसरेट रहेको नबिल, ८.१४% बेसरेट रहेको स्ट्याण्डर्ड चार्टर्ड, ८.८०% बेसरेट रहेको एभरेष्ट, ९.०३% बेसरेट रहेको इन्भेष्टमेन्ट र ९.२२% बेसरेट रहेको हिमालयन बैंकले एक/दुर्इ प्रतिशत बढाएर ऋण दिन सक्छन् । 

कृषि विकास बैंकले भने सबैभन्दा धेरै अाधार ब्याजदर रहेको विवरण सार्वजनिक गरेको छ । यो बैंकको बेसरेट नै १२.३२% कायम भएको छ । अन्य १८ वटा बाणिज्य बैंकको बेसरेट पनि १०% भन्दा बढी  रहेको देखिन्छ । 

बैंकहरूले ऋण माग्न अाउनेलार्इ कर्जा प्रवाह गर्दा कर्जा र निक्षेपबचको अन्तर ४% भन्दा बढाउन पाउँदैनन्  । सामान्यतया : बैंकहरूले बेसरेटमा २% सम्म बढाएर ऋण प्रवाह गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?