तीन बाणिज्य बैंकले अझै चुक्तापूँजी कायम गर्न सकेनन्

काठमाडाैं : तीनवटा बाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको ८ अर्ब रूपैयाँ चुक्तापूँजी पु-याउन नसकेको देखिएको छ । 

एनसीसी बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डूले ८ अर्ब रूपैयाँ चुक्तापूँजी पु-याउन नसकेका हुन् । 

चुक्तापूँजी कायम गर्न नसकेकामध्ये एनसीसी बैंकको चुक्ता पूँजी सबैभन्दा कम अर्थात ४ अर्ब ६९ करोड रूपैयाँ मात्रै छ । यो बैंकले हकप्रद शेयर लिलाम गरि चुक्ता पूँजी बढाउन कोशिस गरिरहेको छ । कुमारी बैंक र बैंक अफ काठमाण्डूले पनि अब बोनश शेयर जारी गरि चुक्ता पूँजी पु-याउनुपर्ने भएको छ । 

हाल कायम २७ वटा बाणिज्य बैंकमध्ये नेपाल र्इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी सबैभन्दा धेरै अर्थात १० अर्ब ६५ करोड रूपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?