सबैभन्दा बढी कर तिर्ने नागरिक सिद्धार्थ राणा, यी हुन् सम्मानित हुने व्यक्ति र संस्था

काठमाडौं : राज्यलार्इ  सबैभन्दा बढी कर बुझाउने नागरिक सिद्धार्थ राणा बनेका छन् । साताैं राष्ट्रिय कर दिवसका दिन राणासहित १५ व्यक्ति एवं संस्थालार्इ अान्तरिक राजस्व विभागले सम्मान गरेको छ । 

उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतबाट राज्यलार्इ बढि कर तिर्ने व्यक्ति र संस्थालार्इ सरकारले सम्मान गरेको हो । उत्कृष्ट करदाताहरूलार्इ अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरे । 

यी भए सम्मानित :

सूर्य नेपाल : बढी अायकर तिर्ने उद्योग 

डाबर नेपाल : बढी निर्यात कर तिर्ने उद्योग

हिमाल पावर कम्पनी : बढी कर तिर्ने उद्योग

प्रो बायोटेक प्रालि ः कृषितर्फ बढी कर तिर्ने उद्योग

छिमेक लघुवित्त : धेरै कर तिर्ने लघुवित्त

नबिल बैंक : धेरै कर तिर्ने बैंक

नेपाल पूनर्बीमा कम्पनी : बीमा व्यवसायबाट धेरै कर तिर्ने कम्पनी 

नोबेल मेडिकल कलेज ः धेरै कर तिर्ने अस्पताल

एफ वान सफ्ट इन्टरनेशनल ः धेरै कर तिर्ने सूचना प्रविधि कम्पनी

तारागाउँ रिजेन्सी होटल ः पर्यटन व्यवसायतर्फ धेरै कर तिर्ने कम्पनी

सिप्रदी ट्रेडिङ ः धेरै कर तिर्ने व्यापारिक कम्पनी

नेपाल इन्भेष्टमेन्ट लिमिटेड ः उत्कृष्ट मध्यमस्तरीय करदाता

नेपाल स्टक एक्सचेन्ज ः ४० देखि ८० करोड रूपैयाँ कारोबार गर्ने उत्कृष्ट कम्पनी

मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने ः घोराही सिमेन्ट उद्योग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?