अर्थमन्त्री डा. युवराज खतिवडाका कारण २५० कपडा उद्योग बन्द

काठमाडाैं : विदेशबाट बार्षिक खर्बाैं रूपैयाँको कपडा अायात भर्इरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाका कारण झन्डै २५० स्वदेशी कपडा उद्योगहरू कात्तिक १ गतेदेखि बन्द भएका छन् । 

यसअघि स्वदेशी कपडा उद्योगलार्इ दिर्इँदै अाएको भ्याट फिर्ता सुविधा कटाैती गरेपछि कपडा उत्पादक संघले देशभरका कपडा उद्योग बन्द गर्ने घोषणा गरेको छ । बजेटमार्फत भ्याट फिर्ता सुविधा फिर्ता लिएको ५ महिनापछि स्वदेशी कपडा उद्योगीहरू उद्योग नै बन्द गरेर बस्न बाध्य भएका हुन् । 

अर्थमन्त्री खतिवडाले बजेटमार्फत भ्याट कटाैतीको घोषणा गरेपछि कपडा उद्योगीहरूले अर्थ मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका थिए । भ्याट फिर्ता कटाैतीबारे अध्ययन गर्न अर्थले एक अध्ययन समिति समेत गठन गरेको थियो । तर सो समितिले दिएको सुझाव कार्यान्वयन नगरेपछि उद्योगीहरू अान्दोलिन बनेका छन् । 

२ सय ५० वटा उद्योग बन्द हुँदा ६० हजार मजदुरको रोजीरोटी समेत खोसिएको छ । यद्यपी : कपडा उत्पादक संघले एक हप्तासम्म उद्योग बन्द गर्ने जानकारी दिएका छन् । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भ्याट फिर्ति सुविधा हटाएपछि स्वदेशी उद्योग सञ्चालन नै गर्न नसक्ने स्थिति रहेको दाबी गरे । 

अर्थ मन्त्रालयले भ्याट फिर्ताको सट्टा अनुदान दिने बताएपनि अहिलेसम्म सो प्रतिबद्धता कार्यान्वयन नगरेको संघले जनाएको छ । उद्योग बन्द भएसँगै धागो उत्पादन गर्ने स्पिनिङ मिल समेत बन्द भएको छ । बन्द बढ्दै गए स्पिनिङ मिल सञ्चालनमा पनि संकट अार्इपर्ने नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए । 

वर्तमान सरकारले स्वदेशी कपडा उद्योगलार्इ संरक्षण गर्नुको सट्टा बन्द गराउनतर्फ लागेको उद्योगीहरूले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?