किसान मार्इक्रोफार्इनान्सको ५०% हकप्रद शेयर खुला

काठमाडौं : किसान माइक्रोफाइनान्सले अाजदेखि अाफ्ना शेयरधनीका लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ ।

माइक्रोफाइनान्सले कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुको लागि प्रतिशेयर एक सय रुपैयाँको दरमा २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

सुन्धारास्थित सिभिल क्यापिटल, किसान माइक्रोफाइनान्सका सबै शाखा कार्यालयहरु, सिभिल बैंकका शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न सकिने यो वित्तीय संस्थाले जानकारी दिएको छ।

हकप्रद निष्कासनसँगै माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड २० लाख रुपैयाँ पुग्नेछ। जसअन्तर्गत ६० प्रतिशत संस्थापक तथा ४० प्रतिशत सर्वसाधारणको रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?