नेको र्इन्स्योरेन्सलार्इ तीन महिनामा ५ करोड ६७ लाख रूपैयाँ नाफा

काठमाडौं : बीमा समूहको नेको र्इन्स्योरेन्सले चालु अार्थिक बर्षको तीन महिनामा ५ करोड ६७ लाख रूपैयाँ नाफा कमाएको छ । यो नाफा गत अार्थिक बर्षको सोही अवधिको तुलनामा ५६.९१% ले बढी हो । 

कम्पनीले खुद बीमा शुल्क पनि २९.०७% ले बढाउँदै ३० करोड ४९ लाख रूपैयाँ पु-याएको छ । यस्तै, दाबी भुक्तानीमा ६६.७९% ले बृद्धि गरेको छ । तीन महिनामा कम्पनीले १३ करोड १४ लाख रूपैयाँको दाबी भुक्तानी गरेको हो । 

यो कम्पनीले बिमा समितिको निर्देशन बमोजिमको चुक्ता पूँजी समेत जुटार्इसकेको छ । एक बर्षको अवधिमै कम्पनीले चुक्ता पूँजीमा ६५% बृद्धि गर्दै १ अर्ब १७ करोड रूपैयाँ पु-याएको हो । जगेडा कोषमा ३६ करोड ३४ लाख रूपैयाँ जम्मा भएको कम्पनीले जानकारी दिएको छ ।

नेकोले बैंकले तथा वित्तीय संस्थामा जम्मा गरेको ब्याज र अन्य लगानीबाट ६१.२% थप अाम्दानी गरेको छ । जम्मा तीन करोड ९३ लाख रूपैयाँ ब्याज र अन्य अाम्दानी भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?