फ्रान्समा आन्दोलन चर्कियो, एक महिलाको मृत्यु सयौँ घाइते

एजेन्सी । फ्रान्समा लगाइएको नयाँ कर र डिजेलको मुल्य वृद्धिविरुद्ध भएको आन्दोलनमा परि एक जना महिलाको मृत्यु भएको छ । 

लाखौको संख्यामा उत्रिएको आन्दोलनकारी बीच भागदौड मच्चिदा एक जनाको ज्यान जानुका साथै २ सय जनाको हाराहारीमा घाइते समेत भएका छन् ।

मृत्यु हुनेमा एक महिला रहेको बताइएको छ । उनीहरुले फ्रान्समा लागु भएको कर र डिजेलको मुल्य फिर्ता लिनु पर्ने भन्दै आन्दोलनमा उत्रेका थिए । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो । 

एक आन्दोलनकारीले भने, ‘मेरो श्रीमती, छोराछोरीलाई यस्तो महंगीमा कसरी पाल्न सक्नु, अब अझै पनि जागिरको खोजीमा छु, करमा वृद्धि भएको छ, डिजेलको मुल्य आकाशिदो छ, मैले यो कसरी पूरा गर्न सक्छु, मंहगी धेरै भयो’ 

उनीहरुले सवारी आवज जावतमा समेत बाधा पु-याएका थिए । फ्रान्स सरकारले गत एक वर्षको अन्तरामलमा कर र डिजेलको मुल्य २३ प्रतिशतले बढाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?