विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो सेनेगल

लोकपथ
140
Shares

काठमाडौं । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए ।

जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।

सेनेगलले ३ खेलमा ६ अंक जोड्यो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ ।

इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?