राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख कमायो

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीले ५ करोड ८ लाख ४६ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको छ । गत अार्थिक बर्षको सोही अवधिको तुलनामा यो पटक कम्पनीले खुद नाफामा ५.८९% ले बृद्धि गरेको हो । 

खुद बीमा शुल्कमार्फत ६ करोड ६७ लाख ८२ हजार रूपैयाँ अार्जन गरेको यो कम्पनीले पुनर्बीमा कमिशनबाट ८ करोड ८९ लाख ९६ हजार रूपैयाँ अाम्दानी र २ करोड २९ लाख ७० हजार रूपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 

हाल यो कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रूपैयाँ कायम भएको छ । १२०५% बोनश घोषणा गरेको कम्पनीले यो प्रस्ताव पारित भएमा चुक्ता पूँजी ५८ करोड ६६ लाख रूपैयाँ पु-याउनेछ । 

हाल यो कम्पनीको रिजर्भ कोषमा २ अर्ब ९ करोड ६० लाख ७७ हजार रूपैयाँ छ भने बीमा कोषमा पनि १ अर्ब ३७ करोड ७७ लाख ४६ हजार रूपैयाँ जम्मा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?