अार्थिक बृद्धिका लागि ५ क्षेत्रमा लगानी गर्न विश्व बैंकको सुझाव

काठमाडौं : विश्व बैंकले नेपाललार्इ उच्च अार्थिक बृद्धिका लागि विभिन्न ५ वटा क्षेत्रमा लगानी बढाउन सुझाव दिएको छ । 

अन्तरराष्ट्रिय मुद्रा कोष (अार्इएफसी) सँग मिलेर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंकले उच्च अार्थिक बृद्धि हासिल गर्न कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र सूचनामा लगानी गर्न नेपाललार्इ सुझाव दिएको हो । 

‘प्राइभेट सेक्टर डाइनोस्टिक' प्रतिवेदन सार्वजनिक गरेको बैंकले नेपालमा निजी क्षेत्रको लगानी बढाउन कानूनी सुधार अावश्यक रहेको दोहो-याएको छ । मुख्यगरी कम्पनी, अाैद्योगिक व्यवसाय र बाैद्धिक सम्पति सम्बन्धि कानूनहरू शंसोधन हुनुपर्नेमा बैंकले जोड दिएको छ । 

लगानीमा रहेका बाधा हटाउन र नियमन, पूर्वाधार विकास तथा संस्थागत र मानव संशाधन विकासमा नेपालले ध्यान दिन जरूरी रहेको बैंकले अाैंल्याएको छ । रेमिट्यान्सका कारण भर्इरहेको गरिबी निवारणको दिगोपना कायम राख्न चुनाैतीपूर्ण रहेको र पछिल्लो २० बर्षमा दक्षिण एसियामा सवैभन्दा कम अार्थिक बृद्धिदर हुने मुलुक नेपाल रहेको पनि बैंकको प्रतिवेदनमा उल्लेख छ । 

विश्व बैंकले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको र करका नीतिहरू सहज बनाउन तथा लगानीका लागि वातावरण बनाउनतर्फ अाफुहरू लागिपरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?