विश्वकपमा आज : अर्जेन्टिनालाई जित्नै पर्ने दबाव, पोल्याण्डलाई बराबरी नै काफी

लोकपथ
203
Shares

कतार विश्वकपमा समूह चरणको खेलको नतिजा निकै भिन्न थियो । अर्जेन्टिना, जर्मनीजस्ता शक्तिशाली टीमले कतारकाे मैदानमा सुरूवाती खेलमै हार बेहाेरे । जसले फुटबलकाे महासागरमा सुनामी नै ल्यायाे ।

नआओस पनि किन ? अर्जेन्टिना जस्तो शक्तिशाली टीमले भर्खरै विश्वकपमा पाइला चालेको साउदी अरबसँग हार्नु आफैंमा आश्चर्य थियो । हुन त खेल हाे जित पल्ला यता उता भइ नै रहन्छ ।  साउदी अरेबीयासँग २-१ गोलले हार व्यहोरेको अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा मेक्सीकोलाई २-० गोल अन्तर्ले पराजित गर्यो । जसले अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने संभावना जीवितै राखेको छ । यता साउदी अरब फेरि २–० गोलअन्तरले पोल्याण्डसँग पराजित भयो ।

अब नकआउट चरणमा प्रवेश गर्नका लागि अर्जेन्टिनाले त्यही पाेल्याण्डकाे सामना गर्दैछ। २ टिममध्ये आजकाे खेल जसले जित्छ उसले अन्तिम १६ काे स्थान बनाउनेछ ।

त्यसैले अन्तिम १६ अर्थात्  नकआउट चरणमा पुग्न अर्जेन्टिनाले पोल्याण्ड विरुद्धको खेल जित्नै पर्ने दबाव छ । दुई खेलबाट ३ अंक मात्र प्राप्त गरेकाे अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्न पोल्याण्डलाई हराउनै पर्नेछ । तर, अर्जेन्टिनालाई बराबरीमा रोकेको खण्डमा पोल्याण्ड नकआउट चरणमा पुग्नेछ । किनकी, पोल्याण्ड ४ अंकसहित समूहकाे शिर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरेवियाले समान ३–३ अंक बनाएका छन् भने मेक्सिकोले १ अंक बनाएको छ ।

पोल्याण्डले अर्जेन्टिनासँग बराबरी मात्र खेलेपनि उसले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाउने यही अंकले प्रष्ट पार्छ । त्यस्तै, बराबरी भएको खण्डमा अर्जेन्टिना अन्तिम १६ मा जाने नजाने भन्नेबारे मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा भर पर्नेछ। साउदी अरेवियाले मेक्सिकोलाई जितेको खण्डमा साउदी पनि अन्तिम १६ मा पुग्नेछ ।

त्यसैले  आजकाे खेलमा पोल्याण्डलाई भन्दा बढी दबाबमा अर्जेन्टिना रहने देखिन्छ । उसाे त आज यी २ टिमकाे खेल राेचकका साथ हेरिएकाे  छ ।

यता मेक्सिको भने तालिकाको पुच्छरमा १ अंकसहित भएकाले साउदी अरेबियामाथिको जितले मात्र नकआउट चरणको यात्रा तय हुँदैन । अर्जेन्टिना हारेमा र साउदीलाई हराउन सकेमा मेक्सिको नक आउट चरणमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?