एभरेष्ट र्इन्स्योरेन्सको शेयर कारोबार रद्द गरिदिन लगानीकर्ताको अाग्रह

काठमाडाैं : हकप्रद शेयरलार्इ साधारण शेयरको मूल्यमा समायोजना गरेको एभरेष्ट र्इन्स्योरन्सको शेयर कारोबार रोकिदिन लगानीकर्ताहरूले नेपाल स्टक एक्स्चेञ्च (नेप्से) लार्इ अाग्रह गरेका छन् । 

लगानीकर्ताका छाता संस्थाको संयुक्त टोलीले एभरेष्टको शेयर कारोबार रोकिदिन नेप्सेका प्रमुख चन्द्रशिंह साउदलार्इ भेटेरै अाग्रह गरेका हुन् । हकप्रदलार्इ साधारण शेयरको मुल्यम गरिएको समायोजनलार्इ नै रद्द गरिदिन लगानीकर्ताहरूको माग छ । 

अाज (अार्इतबार) देखि नै यो कम्पनीको शेयर कारोबार रोकिदिन र संस्थापक शेयरको मूल्य समायोजनमा व्यवहारिक पक्षबाट हेरिदिन पनि अाग्रह गरेका छन् । 

एभरेष्ट र्इन्स्योरेन्सले साधारण शेयरमा संस्थापक हकप्रदलार्इ समायोजन नगरिदिन नेप्सेलार्इ पत्राचार गरेपनि नेप्सेले साधारण शेयरमा संस्थापक शेयरलार्इ समायोजन गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?