जान्नुस्, कहिले रिलिज हुन्छ ‘एभेन्जर ४’ को ट्रेलर

अमेरिका । हलिउडको सुपरहिट चलचित्र सिरिज ‘एभेन्जरः इन्फिनिटी वार’ हेरेपछि फ्यानलाई यसको अघिल्लो फिल्म कहिले आउँछ भनेर खुल्दुली लागेको छ । तेस्रो भागमा कैयन् सुपरहिरोको मृत्यु भएपछि धेरैलाई लागिरहेको छ कि, अब यसको चौथो भाग कस्तो रहला?

कतिपयलाई यो भागमा मरेका सुपरहिरोलाई फेरि जिउँदो बनाइने छ भन्ने पनि लागिरहेको छ । यस्ता समाचार बाहिर आइरहेका पनि छन् ।

अहिले भने एभेन्जरसँग जोडिएको एउटा कुरा चर्चामा छ । रिपोर्टसका अनुसार फिल्मको ट्रेलर यसै वर्षको नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलर पनि फरक तरिकाले प्रस्तुत गरिने योजना भएको पनि समाचार आइरहेका छन् । यो फिल्म सन् २०१९ को मे महिनामा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?