टेस्ट क्रिकेटमा इंग्ल्याण्ड विजयी

श्रीलंका । श्रीलंकामा जारी दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । 

क्यान्डीमा भएको खेलमा इंग्ल्याण्डका  बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको हो । तीन खेलको यस शृङ्खलामा इंग्ल्याण्डको यो लगातार दोस्रो जीत हो । 

पाँचौं दिन ३० मिनेटभित्रै इग्ल्याण्डले श्रीलंकाको तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरे यता विदेशी भूमिमा इंग्ल्याण्डको यो पहिलो शृङ्खला विजय हो । श्रीलङ्कालाई यसअघि सन् २००१ मा इंग्ल्याण्डले श्रीलंकामै आएर शृङ्खला जितेको थियो । 

श्रीलंकालाई जितका लागि ३०१ रन आवश्यक थियो, तर श्रीलंकाले २४३ रन मात्र बनाउन सकेको थियो । 

यसअघि गाल्लेमा भएको पहिलो टेस्ट पनि इंग्ल्याण्डले जितेको थियो । दोस्रो टेस्टमा ज्याक लिच, मोइन अलि र अदिल रसिदले १९ विकेट लिएका थिए । साथै, इङ्ल्यान्डका कप्तान जो रुटले दोस्रो इनिङमा १२४ रनको महत्वपूर्ण पारी खेलेका थिए । 

जितपछि बोल्दै कप्तान रुटले निकै सङ्घर्षपूर्ण जीत प्राप्त गरेकामा टोलीका सबै खेलाडी प्रसन्न रहेको बताए । तेस्रो टेस्ट यहि शुक्रवार कोलम्बोमा शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?