‘२.०’ का लागि यसरी भिलेनको रुप दिइएको थियो अक्षय कुमारलाई (भिडियो)

मुम्बई । अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘रोबोट २’ यतिबेला चर्चामा छ । धमाकेदार ट्रेलरका कारण पनि यतिबेला चर्चामा छ फिल्म । दर्शक फिल्मको प्रतीक्षामा छन् ।

दुवै सुपरस्टार हुनाका कारण पनि फिल्मप्रति दर्शक उत्सुक छन् । ट्रेलर रिलिज हुनभन्दा पहिलेदेखि नै अक्षयकुमारको लूकको चर्चा भइरहेको छ । उनको यो जबरजस्ती लूकको कारण फ्यान फिल्मको पर्खाइमा छन् ।

तर, यो लूक फिल्ममा त्यति सजिलै चाहिँ बनाइएको थिएन । लूकका लागि अक्षयकुमारले निकै मेहनत गर्नुपरेको थियो । अक्षय कुमारले ट्वीटरमा एक भिडियो सार्वजनिक गरेका छन् । सोही भिडियो युट्युबमा पनि हेर्न सकिन्छ । उक्त भिडियोमा अक्षय कुमारलाई कसरी मेकअप गरेर भिलेनको रुपमा तयार गरिन्छ भन्ने देखाइएको छ । अक्षयले ट्वीटरमा लेखेका छन्, ‘२.० मा मेरो लूक चमत्कारभन्दा कम छैन, हेर्नुस्, यसलाई कसरी जीवन्त गरिएको थियो ।’

पहिलोपटक अक्षय कुमार र रजनीकान्त एकसाथ पर्दामा देखिँदैछन् । खबरका अनुसार यो फिल्म थ्रीडी भीएफएक्सका लागि मात्र ५ सय ४३ करोड खर्च गरिएको थियो । फिल्म भीएफएक्सका कारण पनि उत्तिकै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?