हस्तकला मेला हेर्ने दर्शकको भिड बढ्दो

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी १६ औँ हस्तकला व्यापार तथा १४ औँ हस्तकला प्रतियोगिताको चौथो दिन अवलोकनकर्ताहरुको घुइचो लागेको छ । 

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्वारा कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने यो मेलामा हिजो ‘शनिवार’सम्म ७५ हजार दर्शकले अवलोकन गरिसकेको बताइएको छ । 

मेलामा स्टलमा भएको प्रत्यक्ष बिक्रीको आधारमा करिब १ दशमलव ५ करोड बराबरको आर्थिक कारोबार भइसकेको पनि महासंघले जानकारी दिएको छ । 

मेलामा ५ वटा पेभेलियनसहित १ सय बहत्तर  वटा स्टलहरू रहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट बंगलादेश, भुटान, पाकिस्तान र चीनका प्रदर्शनकर्ताहरूले यस मेलामा सहभागी छन् । 

विभिन्न जातजाति तथा समुदायमा विद्यमान हस्तकला तथा संस्कृति बीच रहको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले महासंघद्वारा एउटा भिन्नै प्रस्तुतिको रूपमा अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनको गरिएको छ ।

यस प्रसंगमा आज खासगरी काठमाडौं उपत्यकाको प्रतिनिधित्वको हिसावले नेवारी संस्कृतिको पहिचान झल्किने लाखे नृत्य र च¥या नृत्य प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?