लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता

लोकपथ
14
Shares

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको छ ।

मंसिर ११ गते सम्पन्न सो सम्बन्धी समझदारीपत्रमा लक्ष्मी क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्‍याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउँदै अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन् २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । कम्पनीले सौर्य उर्जा सँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार सात सय ८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?