मेरो माइक्रोफाइनान्सले शेयर जारी गर्दै

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई शेयर जारी गर्ने भएको छ । सो हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकको रुपमा ग्लोवल आइ एम ई क्यापिटल लिमिटेड र वित्तीय संस्थाबीच आइतबार सम्झौता भयो ।

सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र ग्लोवल आइ एम ई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरे ।

कार्तिक ९ गर्ने सम्पन्न कम्पनीको छैटौं साधारण सभाबाट हाल कायम रहेको चुक्ता पुँजी २८ करोड ६० लाख को १५ प्रतिशतले हुने ४ करोड २९ लाख रुपैयाको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सो पश्चात हुने चुक्ता पूँजी रु. ३२ करोड ९ लाखको शत प्रतिशत हकप्रद शेयर निश्काशन गदा चुक्ता पुँजी ६५ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको तुलनामा यस आर्थिक वर्ष प्रथम त्रैमासमा संस्थाले ४४.१० प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ ।

मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?