रेफ्री पाण्डेमाथि १४ खेलको प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले फिफा रेफ्री सुदिश पाण्डेमाथि १४ खेल खेलाउन नपाउने गरि कारवाही गरेको छ । 

जारी ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विभागिय क्लब त्रिभुवन आर्मी  क्लब र न्युरोड टिम ‘एनआरटी’ बीचको खेलमा गरेको विवादास्पद निर्णयका कारण उनलाई एन्फाको लिग आयोजक कमिटीले आइतवार कारवाही गरेको हो । 

खेलको इन्जुरी समयमा उनले आर्मी क्लबलाइ फ्रि–किक हान्ने मौका दिएका थिए । सो निर्णयको एनआरटीले विरोध गरेको थियो । रेफ्रीलाई एन्फाले कारवाही नगरे एनआरटी क्लबले लिग नखेल्ने घोषणा समेत गरेको थियो । 

यसैबीच लिगलाई मर्यादित ढंगबाट सञ्चालन र खेलाउनका लागि रेफ्री तोक्नका लागि श्रीराम रञ्चितकारको संयोजकत्वमा राजेश मानन्धर र बलराम थापाको कमिटी समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?