कमाण्डरसहित ८ लडाकू मारिए

अफगानिस्तान– अफगानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन् ।

उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक जना स्थानीय कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

सेनाका क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले आइतबार दिएको जानकारी अनुसार पास्थ्तोङ्कोट जिल्लाको सार इ हावज क्षेत्रमा घटना भएको हो । घटना शनिबार भएको पनि उनले बताए ।

घटनामा परी स्थानीय कमाण्डरसहित अरु दश जना भने घाइते भएका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?