‘गरुड पुराण’ को फस्ट लूक, रिलिज कहिले?

काठमाडौं । चलचित्र ‘गरुड पुराण’ को फस्ट लूकसँगै रिलिज मिति पनि सार्वजनिक गरिएको छ । सुवास कोइरालाले आउँदो माघ ४ गतेलाई फिल्मको रिलिज डेट जुराउँदै फस्ट लूक सार्वजनिक गरे ।

नाजिर हुसेन, कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरासिया र नायिका प्रियंका सिंह ठकुरी पोस्टरमा अटाएका छन् ।

पारिवारिक प्रेमकथामा निर्माण गरिएको भनिएको यो फिल्ममा लुमिना तुलाधर, बसन्त भट्ट, प्रकाश घिमिरे, कमल देवकाटा लगायतका कलाकारले समेत अभिनय गरेका छन् । यस्तै फिल्मको कथा कसम नेपालको हो भने फिल्मलाई आकाश बराल, विनोद खतिवडा र निर्देशक कोइरालाले मिलेर लेखेका हुन् ।

चलचित्रमा रेनाशा बान्तवा राईको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत, कोशिश र मनीषाको कोइरालाको गायन, त्यस्तै उज्जवल ढकालको सम्पादन र सुसन प्रजापतिको छायांकन रहेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?