यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि १ अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ४० पैसा र बिक्रीदर ११६ रूपैयाँ तोकेको छ ।

युरो १ को खरिददर १३० रूपैयाँ र बिक्रीदर १३० रूपैयाँ ६८ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रूपैयाँ ६४ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ १ पैसा र बिक्रीदर ८३ रूपैयाँ ४४ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १८ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३० रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८५ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ५० पैसा र बिक्रीदर २७ रूपैयाँ ६४ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ १६ पैसा र बिक्रीदर १० रूपैयाँ २१ पैसा, कुवेती दिनार १ को खरिददर ३७९ रूपैयाँ २८ पैसा तथा बिक्रीदर ३८१ रूपैयाँ २५ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०६ रूपैयाँ ०९ पैसा तथा बिक्रीदर ३०७ रूपैयाँ ६८ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?