आजदेखि राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौँ– जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सोमबारबाट वितरण हुँदैछ ।
 पाँचथरको फिदिममा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिने जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले दिए ।

नेपालको प्रशासनिक इतिहासमा नै यो सूचना प्रविधिमा आधारित नयाँ फड्को हो ।

काफ्लेका अनुसार गृहमन्त्री रामबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्नेछन् । ‘सम्पूर्ण तयारी भइसकेको र केन्द्रबाट १८ जनाको टोली सोमबार बिहानै पाँचथर प्रस्थान गर्ने छ,’ उनले भने। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त कार्यक्रमको शुभारम्भ गर्ने तय गरिएको थियो । गाेरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?