समता लघुवित्तले २००% हकप्रद शेयर जारी गर्ने

काठमाडौं : बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता मार्इक्रोफार्इनान्सले अाफ्ना शेयरधनीका लागि २००% हकप्रद शेयर जारी गर्ने भएको छ । 

मंसिर २७ गते गर्ने संस्थाको बार्षिक साधारणसभामा सञ्चालक समितिले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको छ । यसअघि पनि यो लघुवित्तले शेयरधनीलार्इ ५०% हकप्रद शेयर दिएको थियो । 

चालु अार्थिक बर्षको पहिलो त्रैमासमा २० लाख ८३ हजार रूपैयाँ खुद नाफा कमाएको यो लघुवित्तले ६.६६% बोनस शेयर र ७.३६% नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभामा लैजाँदैछ । यसअघि १०% बोनस शेयर र ११.०५% नगद लाभांश दिने प्रस्ताव गरेको यो संस्थाले हकप्रद शेयर दिने भएपछि बोनस शेयर र लाभांशको दर घटाएको हो । 

प्रस्तावित बोनस र यसअघि जारी गरेको ५०% हकप्रद शेयर जारी भएपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रूपैयाँ चुक्ता पूँजीको २००% हकप्रद जारी गर्न लागिएको यो लघुवित्तले जानकारी दिएको छ । हकप्रदपछि समताको चुक्ता पूँजी समेत बढ्नेछ । 

साधारणसभामा यो लघुवित्तले अाफ्नो नाम परिवर्तन गर्ने प्रस्ताव समेत पेश गर्ने भएको छ । हाल समताको प्रतिशेयर अाम्दानी २१ रूपैयाँ ९८ पैसा र प्रतिशेयर नेटवर्थ १६३ रूपैयाँ १ पैसा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?