स्विट्जरल्याण्ड र इंग्ल्याण्ड नेसन्स लिगको सेमिफाइनलमा प्रवेश

एजेन्सी । स्विट्जरल्याण्ड र इंग्ल्याण्ड जारी ‘युइएफए’ नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतवार राति भएको खेलमा स्विट्जरल्याण्डले बेल्जियमलाई ५–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान तय गरेको हो । स्विट्जरल्याण्डका लागि हरिस सेफेरोभिकले ह्याट्रिक गरे।

खेल शुरु भएको २ मिनेट पनि बित्न नपाउँदै बेल्जियमका लागि थोगन हजार्डले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै, १७ औँ मिनेटमा उनले अर्को गोल गरे । त्यस्तै, २६ औँ मिनेटमा स्विट्जरल्याण्डका लागि

रोड्रिग्वेजले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।

३१ औँ मिनेटमा सेफेरेभिकले गोल गर्दै खेललाई २-२ गोलको बराबरी ल्याए । ४४ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६२ औँ मिनेटमा एल्भेदीले गोल गरे ।

एक पक्षिय बनाएको खेलको ८४ औँ मिनेटमा सेफेरेभिकले ह्याट्रिम पुरा गरे । जितपछि स्विट्जरल्याण्डले ४ खेलबाट ८ अंक जोडेको छ । समान अंक बनाएको बेल्जियम भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा इंग्ल्याण्डले क्रोशियालाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । इंग्ल्याण्डको जीतमा खेलको ७८ औँ मिनेटमा जेसे लिंगार्ड र ८५ औँ मिनेटमा ह्यारी केनले समान एक-एक गोल गरे ।

यता क्रोशियाका लागि भने क्रमारिकले एक मात्र गोल फर्काए । जितपछि समूह ‘ए’बाट ७ अंक जोड्दै इंग्ल्याण्ड अघिल्लो चरणमा पुगेको हो । 

आइतवार राति नै भएका अन्य खेलहरुमा बेलारुषले सान मारिनोलाई २-० गोल अन्तरले, अस्ट्रियाले नर्दन आयरल्याण्डलाई २-१ गोल अन्तरले तथा इस्टोनियाले ग्रिसलाई १-० गोल अन्तरले हरायो । हंगेरीले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?