डा. केसीको स्वास्थ्यमा समस्या, इमर्जेन्सी भर्ना

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी  छातीमा दुखाइ बढेपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । 

उनी मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी भर्ना  भएका हुन् । अस्पताल श्रेतका अनुसार डाक्टर केसीलाई बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्। लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो।

रगतलगायत चेकजाँचका लागि पठाइएको भएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?