मैत्रीपूर्ण खेलमा स्पेनद्वारा बोस्निया हर्जगोविना पराजित

एजेन्सी  । बोस्निया हर्जगोविनाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन विजयी भएको छ । 

आइतवार राति भएको खेलमा स्पेनले बोस्निया हर्ज गोविनालाई १-० गोल अन्तरले पराजित गरेको हो । स्पेनका लागि ब्रेइस मेन्डिजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

उनले खेलको ७८ औँ मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । खेलको निर्धारित समयसम्म बोस्निया हर्जगोविनाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को हार बेहो-र्यो । 

यसअघि राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका डेभिड सिल्भालाई सम्मान गरिएको थियो । उनलाई १ सय २५ क्यापको स्पेनको जर्सी प्रदान गरिएको थियो ।

म्यानचेस्टर सिटीका प्ले मेकर सिल्भाले स्पेनबाट अहिलेसम्म ३५ गोल गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?