चीनले कृत्रिम सूर्य बनाउँदै, १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्ने

बेइजिङ । चीनले एक कृत्रिम सूर्य बनाउने भएको छ । 

चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्देश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेको हो । 

चीनले बनाउन लागेको नयाँ कृत्रिम सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ भने खास सूर्यभन्दा ६ गुणा धेरै तातो हुन्छ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ । 

चीनको एकेडमी अफ साइन्ससँग आवद्ध इन्स्टिच्युट अफ प्लाज फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण भइरहेको छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ्ग टोकामक (इस्ट) नाम दिइएको छ । यसलाई खास सूर्य जस्तै आकारमा नमुना गरिँदैछ । 

यो सौर्यमण्डलको मध्यमा अवस्थित कुनै तारा जस्तै ऊर्जाको भण्डार उपलब्ध गराउन सक्रिय हुनेछ । 

यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिनेछ । 

यसैगरी चीनले यसअघि नै उज्यालोको लागि आकाशमा कृत्रिम चन्द्रमा बनाउने घोषणा समेत गरिसकेको छ । यो कृत्रिम चन्द्रमा सन् २०२२ सम्ममा प्रयोगमा ल्याउने तयारीमा चीन छ । 

यसमार्फत् वैज्ञानिकले रातको समयमा देशको सडकलाई उज्यालो बनाउन चाहेका छन् । 

यसका लागि केही ठूलो स्याटेलाइटको प्रयोग गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?