अोरियन्टल होटलको नाफा ५८.१५% ले बृद्धि

काठमाडौंः  पाँचतारे -याडिसन होटल सञ्चालन गरिरहेको ओरियन्टल होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४ लाख १५ हजार ९३० रुपैयाँ खुद नाफा अार्जन गरेको छ ।

होटलले साउनदेखि असोज मसान्तसम्म कमाएको नाफा गत अार्थिक बर्षको सोही अवधिको भन्दा ५८.१५% ले बढी हो । यो होटलको सञ्चालन मुनाफा ४३.४३% ले बृद्धि भएको छ ।

एफपीअो जारी गर्न खोजिरहेको अोरियन्टलको शेयर पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रूपैयाँ र रिजर्भ कोषमा १ अर्ब १५ करोड ९६ लाख ७८० रूपैयाँ रहेको छ । 

अाकर्षक रिजर्भ कोष रहेको यो कम्पनीको प्रतिशेयर अाम्दानी ३ रूपैयाँ २३ पैसाबाट बृद्धि भर्इ ४ रूपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २२४ रूपैयाँ १३ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?